विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा विवाद हुँदा वडाध्यक्षले प्रधानाध्यापक कुटे

काठमाडौँ– दाङको घोराही उपमहानगरपालिका–१४ स्थित शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढा वडाध्यक्ष भानसिंह बुढाबाट कुटिएका छन्।
बुधबार विद्यालय व्यवस्थापन समितिको गठन गर्न बसेको बैठकमा वडाध्यक्ष बुढाले प्रअलाई कुटेका हुन। वडाध्यक्षले हात हालेपछि प्रेम बुढा, सुजन बुढा लगाएतका दश बाह्र जनाले भुईमा लडाएर प्रअमाथि मुक्का र लात्तीले निर्घात कुटपिट गरेको जनाईएको छ।
बैठकमा अभिभावको संख्या निकै कम भएको र कोरम नपु¥याई नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्न नमिल्ने बताएपछि प्रअमाथि कुटपिट भएको हो। आफूले भनेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा चयन नहुने भएपछि वडाध्यक्ष र उनका गुन्डाहरुले आफुमाथि सार्वजनिक रुपमै निर्घात कुटपिट गरेको प्रअ बढाले बताए।
वडाध्यक्ष बुढाले ‘कोरम नपुगेपनि आफुले भनेको व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु पर्छ’ भन्दै जबरजस्ती माइन्युट लेख दबाव दिएको र आफुले नमानेपछि हातपातमा उत्रिएको उनको आरोप छ।
प्रअ बुढाका अनुसार अवधी सकिएका कारण ४ फागुनदेखि विद्यालय व्यवस्थापन समिति अध्यक्षविहीन छ। नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न बुधबार तेस्रो पटक भेला बोलाइएको थियो।
वडाध्यक्ष बुढा एमालेबाट निर्वाचित भएका हुन। उनले आफूमाथि लगाइएको आरोप गलत भएको बताए।