कांग्रेस सांसदले चिहानको जग्गा हडपेको सुमना श्रेष्ठको आरोपपछि संसदमा हंगामा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल र सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताले चिहानको जग्गासमेत हडपेर भोगचलन गरेको आरोप लगाएपछि सदनमा हंगामा भएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनाल र श्रेष्ठले काठमाडौँको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको मचागाः (नेवार समुदायको चिहानको जग्गा) नेपाली कांग्रेसका नेताले हडपेको आरोपपछि कांग्रेस सांसदले विरोध जनाए।
कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउँदै सभामुख देवराज घिमिरेसँग आपत्ति जनाउनका लागि समय मागेका थिए तर पाएनन्। राजन केसी, सचेतक सुशीला थिङ, कान्तिका सेजुवाललगायतका सांसदले आफ्नो सिटबाट उभिएर विरोध जनाएका। सांसद केसीले नियमापत्ति जनाउन खोज्दा सभामुखले समय दिएनन्।
कांग्रेस सांसदले ३ मिनेटभन्दा लामो समयसम्म हो–हल्ला गरे। बैठक अवरोध गर्न खोजेपछि सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन संसदको ध्यानाकर्षण गराए। त्यसपछि कांग्रेसका सांसदहरु आ–आफनो कुर्सीमा बसे।
खनाल र श्रेष्ठले कांग्रेस नेताले चिहानको जग्गा कब्जामा लिई भोगचलन गरेको भन्दै उजुरी पर्दासमेत जग्गा संरक्षणमा कुनै पहल नगरेको आरोप लगााएका थिए।