युवतीले दुःख दिएको भन्दै फेसबुकमा लाईभ गरेर आत्मदाहाको प्रयास

काठमाडौँ– एक स्थानीय युवतीले मानसिक तनाव दिएको भन्दै काठमाडौँमा एक ब्यक्तिले फेसबुक पेजमा लाइभ गरी आत्मदाहको प्रयास गरेका छन्।

चन्द्रागिरी नगरपालिकाका उत्तम कार्कीले गएराति साढे १२ बजे आफ्नो शरीरमा आफैं आगो लगाएका थिए। घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पु¥याइएको छ।

कार्कीको हात र अनुहार जलेको तथा कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराले वताए। आत्मदाहका लागि फेसबुक पेजमा लाइभ आएका उनले स्थानीय एक युवतीका कारण पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको, युवतीकै उनकै कारण पक्राउ परेको बताएका थिए।

उनले आरोपित गरेकी युवतीको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेर १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको कार्कीले उल्लेख गरेका छन्। तीनै युवतीका कारण आफ्नो घरपरिवार विग्रिएपछि कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको उनले वताएका थिए।

उनले आफनो समस्या बताएर शरीरमा आगो लगाएका थिए। प्रहरीले घट्नाको अनुशन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट