श्रीमतीसँग रिसाएर हिडेका कान्छा १७ दिनपछि जंगलमा मृत भेटिए, के थियो रिसको कारण ?

काठमाडौँ– श्रीमतीसँग मनमुटाव भएपछि रिसाएर हिडेका काठमाडौंको तार्केश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा मर्हजनको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी (प्रवक्ता) अपिलराज बोहोराका अनुसार घरबाट हिडेको १७ दिनपछि महर्जनको शव भेटिएको हो। तार्केश्वर –३, तीनपिप्ले पाँचमाने शिवपुरी जंगलमा मंगलबार विहान उनको शव फेला परेको प्रहरीले जनाएको छ।

उनी १० फागुनदेखि हराएका थिए। प्रहरीको प्रारम्भिक अनुशन्धानमा उनी श्रीमतीसँग सामान्य विवाद भएपछि घर छोडेर हिँडेका थिए। विवादको कारण भने प्रहरीले खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट