पेट दुख्यो भनेर जुकाको औषधी खुवाईएकी १४ वर्षीया बालिकाले बच्चा जन्माईन, गाउँ नै स्तब्ध

काठमाडौँ– डडेलधुराको परशुराम नगरपालिकाकी १४ वर्षीया एक बालिकाले बच्चा जन्माएपछि गाउँलेहरु आश्चर्यमा परेका छन्। निम्नवर्गीय परिवारकी बालिकाको विवाह भएको छैन। उनी सुत्केरी भएको १० दिन वितेको छ।

बालिकाले हजुरबुबा नाता पर्ने ५८ वर्षीय पुरुषको बच्चा जन्माएको खुलेको छ। उनी ती पुरुषबाबाट गत ८ असारदेखि पटकपटक बलात्कृत भएको प्रहरीको अनुशन्धानमा खुलेको छ। बलात्कारपछि कसैलाई भने मार्दिने धम्की दिईएकाले बच्चा जन्मिएपछि मात्रै घट्ना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (इन्स्पेक्टर) उपेन्द्रबहादुर बमले बताए।

वृद्धले कोही नभएको समयमा घरमा जाने, डर र धम्की देखाएर बलात्कार गर्ने अनि कसैलाई भने परिवारलाई समेत मार्ने धम्की दिने गरेको खुलेको छ। बालिकाका बुबा ७० वर्ष नाघेका वृद्ध छन् भने आमा कान नसुन्ने (फरक क्षमताकी) छिन्। त्यसैले छोरीको अवस्थाका बारेमा उनीहरु बेखबर थिए।

गाउँलेले दिएको जानकारी अनुसार ती वृद्ध छिमेकी आलिताल गाउँपालिकाका हुन। बाख्रा खरिदबिक्री गर्ने उनको बालिकाका बुबासँग हितैसी रहेको देखिएको छ। बालिकाको बयानका आधारमा प्रहरीले आरोपित वृद्धलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार फागुनको पहिलो साता बालिकाले पेट दुख्यो भनेर रोइकराइ गरिन। त्यसपछि उनलाई जुकाको औषधि खुवाइएको थियो। औषधी सेवनपछि केही विशेक भएपनि पेट दुखाई निरन्तर थियो। यसैक्रममा १५ फागुनमा बालिका पेट दुख्यो भनेर छटपटिन थालिन।

त्यसपछि उनलाई चेकजाँच र उपचारका लागि अत्तरिया लगिएको थियो। उनले त्यहीँ बच्चा जन्माएकी हुन। यो घट्नापछि गाउँलेहरु स्तब्ध छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट