सप्तरीमा वडाध्यक्षको घरमा आगलागी हुँदा १० वटा पशुचौपाया जलेर मरे, १० लाखको क्षती

राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिकाका एक जना वडाध्यक्षको घरमा आगलागी हुँदा १० वटा पशुचौपायाको मृत्यु भएको छ भने करिव १० लाख मुल्य बरावरको क्षती भएको छ।
डाकनेश्वरी नगरपालिका–७ का वडाध्यक्ष शत्रुधन मण्डलको घरमा आइतबार राति आगलागी भएको छ। राति अचानक आगलागी हुँदा मण्डलको घर र गोठ जलेको छ।
प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेका ७ वटा बाख्रा, २ वटा खसी तथा १÷१ वटा भैसी र पाडो जलेर मरेका छन्।
आगलागीबाट ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया