महेन्द्र मोरङ क्याम्पसमा नेविसंघ कार्यकर्ताको हिंस्रक झडप, जिल्ला सभापति अस्पताल भर्ना

विराटनगर– मोरङमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबी हिंस्रक झडप भएको छ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा नेविसंघका मोरङ सभापति सरोज पोखरेलल कुटिएका छन्।

बिहीबार दिउँसो क्याम्पस परिसरमै कुटिएका पोखरेल शेखर कोईराला निकटका हुन भने कुट्ने कार्यकर्ता कांग्रेस सभापति शेरवहादुर देउवा निकटका हुन।

नेविसंघ स्रोतका अनुसार पोखरेल आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका थिए। सोही क्रममा पौडेल पक्षका विद्यार्थीहरूले उनलाई रोकेका थिए।

त्यसक्रममा भनाभन भएपछि स्ववियु सभापति पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेको हो। पोखरेललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। नोबेल अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट