अन्तर्राष्ट्रिय प्रतियोगितामा मैदानमै छिरेर नेपाली महिला खेलाडीलाई जबरजस्ती अंकमाल गर्ने युवा को हुन ?

काठमाडौँ– दशरथ रंगशालामा मैदानभित्रै छिरेर नेपाली महिला फुटबल खेलाडिलाई जबरजस्ती अंकमाल गर्ने एक युवक घाईते भएका छन्।

जारी फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको विहिबार सम्पन्न नेपाल र लेवनानबीचको खेलपछि यो घट्ना भएको हो।

नेपालले लेवनानलाई पराजित गरेपछि साँझ नेपाल र लेवनानका खेलाडी हात मिलाउदै थिए। सोही क्रममा दशरथ रंगशालाको साधारण प्यारापिटबाट हाम फालेर मैदानभित्र छिरेका एक युवकले नेपाली खेलाडी सविता रानालाई अंकमाल गरे।

उनले जवरजस्ती अंकमाल गर्दा सवितासहितका खेलाडीले असहज महशुस गरेको थिए। एकछिनपछि उनी खुट्टा समात्दै त्यहीँ बसे। त्यसपछि उनलाई मैदानबाट स्ट्रेचरमा राख्दै प्लेयर बक्सतर्फ ल्याइएको थियो। अनि नेपाली टिमका फिजिओले उनको खुट्टा हेरेका थिए। ती युवकको पहिचान खुलाईएको छैन।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता त्यसमा पनि महिलाको खेलमा यसरी मैदानमै छिरेर खेलाडीलाई जवरजस्ती अंकमाल गरेको यो विषयलाई अहिले सुरक्षा चुनौतीका रुपमा हेरिएको छ।

बिहीबार भएको खेलमा लेबनानमाथि १–० को जित निकालेपछि एक खेल अगाबै दुवै टोली फाईनलमा पुगेका छन्। चार राष्ट्र सहभागि प्रतियोगितामा नेपाल र म्यानमारले लगातार दुई जितबाट समान ६ अंक जोडेका छन्। गोल अन्तरमा म्यानमार नेपाल भन्दा अघि छ। बिहीबारै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० ले हराएको थियो।

लगातार दुई खेल हारपछि लेबनान र कीर्गिस्तान भने फाइनल होडबाट बाहिरिएका छन्। अब लिग चरणको अन्तिम दुई खेल औपचारिकता मात्र हुनेछ। आइतबार लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार तथा लेबनान र कीर्गिस्तान खेल्ने छन्। फाइनल खेल नेपाल र म्यानमारबीच आउने बुधबार हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट