पति दुध वेच्न हिडेपछि ६ महिने छोरीसहित पोखरीमा हामफालेकी युवतीको उद्धार, छोरीको मृत्यु

विराटनगर– मोरङको बेलबारीमा ६ महिने छोरीसहित माछा पोखरीमा हामफालेकी युवतीको उद्धार गरिएको छ भने शिशुको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादव शुक्रबार साँझ करिव साढे ७ बजे छोरी काव्यासहित माछा पोखरीमा हामफालेकी थिइन्। त्यस वेला पति गंगाराम भने दुध वेच्न बजार गएको पाईएको छ।

घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको पनैलाल चौधरीको पोखरीमा प्रीतीले हामफालेको देखेपछि स्थानीयले उद्धार गरी आमाछोरीलाई नै उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाएका थिए। अस्पताल पु¥याउनसाथ राति करिव साढे ८ शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रीतीको पनि अवस्था गम्भीर छ। आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रीतीले शिशुसहित पोखरीमा हामफाल्नुपर्ने कारण खुलेको छैन। छोरीसहित पत्नीले पोखरीमा हामफाल्दा गंगाराम भने घरमा थिएनन्। उनी दूध बेच्न बजार गएका बेला घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीले जानकारी दिए।

प्रहरीले घट्नाको अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट