प्रेमीकासँग यौनसम्पर्क गरिरहेको भीडीओ खिच्ने दक्षिण कोरियाका फुटबलरलाई १ वर्ष जेल

काठमाडौँ– प्रेमीकासँग यौनसम्पर्क गरिरहेका बेला गोप्य रूपमा भिडिओ खिचेको मुद्दामा दक्षिण कोरियाका एक जना फुटबलरलाई अदालतले जेल सजाय तोकेको छ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार फुटबल खेलाडी ह्वाङ उइ–जोलाई आफ्नी महिला पार्टनरसँग सहवास गरिरहँदा गोप्य भीडीओ खिचेको कसुरमा दोषी ठहर गर्दै एक वर्षको निलम्बित जेल सजाय सुनाइएको हो।

अहिले टर्किस क्लब अलान्यास्पोरबाट खेलिरहेका ३२ वर्षीय ह्वाङ नटिङ्घम फरेस्टका पूर्वस्ट्राइकर हुन। उनी दक्षिण कोरियाली राष्ट्रिय टोलीबाट पनि खेल्छन्। भीडीओ प्रकरणमा मुद्दा परेपछि सन २०२३ यता उनलाई टोलीबाट निकालिएको थियो।

‘गैरकानुनी छायांकनले समाजमा पार्ने गम्भीर हानिकारक प्रभावलाई ध्यानमा राख्दै ह्वाङलाई कडा सजाय दिन जरुरी छ’– सियोल अदालतले भनेको छ। ह्वाङले पश्चाताप गरेको र भिडिओ तेस्रो पक्षले सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएकाले उनलाई केही छुट दिइएको अदालतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट