१४ वर्ष मुनिका २ किशोरी बलात्कृत, ३ जना पक्राउ

काठमाडौँ– रुपन्देही र दाङमा दुई किशोरी बलात्कृत भएका छन्। बलात्कार आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार रुपेन्देहीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। उक्त घट्नामा संलग्न भएको आरोपमा देवदह नगरपालिका–३ गौरी टोलका २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा पक्राउ परेका छन्।

उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो। प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती बलात्कार गरेका हुन। त्यसको दुई दिनपछि उनीहरु पक्राउ परेका हुन।

यसैगरी, दाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २२ वर्षीय चन्द्र प्रसाद नाथ बिहीबार दिउँसो पक्राउ परेका छन्।

चन्द्रप्रसादले किशोरीलाई सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर बलात्कार गरेको भन्दै उजुरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो चन्द्रप्रसालाई पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट