धनुषामा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु

जनकपुर– धनुषामा स्कुटर दुर्घटनामा परी बिहिबार एक महिलाको मृत्यु भएको छ।

बटेश्वर गाउँपालिका–२ रमौल टोलस्थित सडकमा मप्र ०२–००६ प ६१३९ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ की ४१ वर्षीया हेमकुमारी रेग्मीको मृत्यु भएको हो।

बटेश्वरबाट रमौल टोलतर्फ जाँदै गर्दा विहान दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जानकी मेडिकल कलेज रमदैया लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट