६५ वर्षीया सासुको हत्या आरोपमा रक्षा पक्राउ

जनकपुर– धनुषामा सासूको हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्।

जनकनन्दनी गाउँपालिका–५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा उनकै वुहारी ३५ वर्षीया रक्षाकुमारी पक्राउ परेकी हुन्।

इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो। उनले घरायसी विवादमा कुटपिट गरी सासुको हत्या गरेको आरोप छ।

वुहारीको कुटपिटका कारण समुन्द्रीको घटनास्थलमै मृत्यु भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट