७ जन्मको सम्झौता गरेर ९ महिनामै छुट्टिए एलिना र विष्णु, यस्तो छ एलिनाको भावुक स्ट्याटस

काठमाडौँ– अग्निलाई साक्षी राखेर ७ जन्म सँगै बाँच्ने–सँगै मर्ने कसम खाएका गायिका एलिना चौहान र विष्णु सापकोटा १० महिना नपुग्दै अलग भएका छन्। एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौँले छिनोफानो गरिदिएको छ।

गत ५ वैशाखमा गरेको उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिकेन। एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन्। त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो। हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए।

डिभोर्सपछि एलिनाले फेसवुकमा भावुक स्ट्याटस लेखेर पत्निको रुपमा अधिकारले आफुले पाउने सम्पति तिम्रै प्रगतिको लागि भन्दै छोडिदिएकी छिन्।

यस्तो छ एलिनाको स्ट्याटस
प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेकी छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट