रुख काट्ने क्रममा बिजुलीको खम्बा लडेर टाउकोमा चोट लाग्दा चिया बगानका कर्मचारीको मृत्यु

दमक— झापामा पिपलको रुख काट्ने क्रममा सँगै लडेको विजुलीको खम्बाले किचेर आईतबार चिया वगानका एक जना कर्मचारीको मृत्यु भएको छ।
बिहान करिब साढे १० बजे मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टि–स्टेट (चिया बगान) मा पिपलको रुख काट्ने क्रममा बगानका कर्मचारी ५८ वर्षीय मंगले सार्कीको मृत्यु भएको हो।
स्थानीय २६ वर्षीय सिताराम उराउ र २३ वर्षीय सिलास उराउले रुखको हाँगा काट्ने क्रममा विजुलीको खम्बा लडेर मंगले सार्कीको टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। मंगलेको मृत्यु भएपछि रुख काट्ने सिताराम र सिलासलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा छन्।
प्रतिक्रिया