खेतमा पानी जमेको खाल्डोमा परेर ६ वर्षीय बालकको मृत्यु

विराटनगर– विराटनगरमा शनिवार दिउँसो पानी जमेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१८, खोक्साका विजय ठाकुरका छोरा ६ वर्षीय प्रिन्स ठाकुरको मृत्यु भएको हो। घरनजिकको खेतमा रहेको पानी जमेको खाल्डोमा परेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालक पानी जमेको खाल्डोमा डुबेको देखेपछि आफन्त र छरछिमेकीले उद्धार गरी उपचारका लागि कोशी अस्पताल पुर्याएका थिए। दिउँसो करिव सवा २ बजे अस्पतालमा पुर्याउनसाथ चिकित्सकले बालकको मृत्यु भएको बताएका थिए।
खेल्दै जाँदा खाल्डोमा परेका बालक निस्कन नसकेर घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया