सिरहाको विद्युत कार्यालयमा कार्यरत उदयपुरका एक जना कर्मचारी बलात्कार आरोपमा पक्राउ

लहान — नेपाल विद्युत् प्राधिकरण, सिरहामा कार्यरत एक जना कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका छन्।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राईलाई प्रहरीले विहिबार सिरहाको हेमनारायण चोकबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाए पीडित महिलाको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको हो। राईविरुद्ध काठमाडौं जिल्ला अदालतले बलात्कार र विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राईलाई आवश्यक कारबाहीका लागि काठमाडौंस्थित साइबर ब्यूरोमा पठाइएको सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट