झापामा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका २४ वर्षीय युवकको मृत्यु

दमक— झापामा बुधबार मध्येराति मोटरसाइकल दुर्घटनामा परेका एक जनाको बिहीबार मृत्यु भएको छ।
कनकाई नगरपालिका–१, बिमल चौतारा क्षेत्रमा भएको दुर्घटनामा मोटरसाईकलको पछाडि बसेका बिर्तामोड नगरपालिका–५ का २४ वर्षीय सुमित साहको मृत्यु भएको हो।
दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे १० प २६२४ नम्बरको मोटरसाइकल राति करिव साढे १२ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा सुमितसहित चालक बिर्तामोड–५ कै २८ वर्षीय सिद्धार्थ साह गम्भीर घाइते भएका थिए।
दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकोमा सुमितको उपचारको क्रममा बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको छ।
प्रतिक्रिया