१५ दिने पर्यटक भिसामा धरान आएर धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना पक्राउ

काठमाडौँ — श्रमदानको आवरणमा पर्यटक भिसामा नेपाल आई क्रिश्चियन धर्म प्रचार प्रचार गरिरहेका १७ अमेरिकीनागरिकसहित १८ जनालाई सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउन श्रमदान गर्न आएका उनीहरु धर्म प्रचारमा संलग्न भएको पाईपछि पक्राउ गरेर अध्यागमन विभागको जिम्मा लगाईएको मा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले छ।

अमेरिकी नागरिकहरू साइलस ड्यानियल फक्स,  र्‍यान म्याथ्यु कार्टर, रसेल टमस होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, रोज ब्रायन होवेल्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, ब्रायन वार्ड कौफ म्यान,विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड पक्राउ परेको जनाईएको छ। सुनसरी प्रशासनका अनुसार उनीहरुसँगै भारतको पश्चिम बंगाल राज्यका वसन्त लामा पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरु गत २२ माघमा धरान पुगेको खुलेको छ। १५ दिने भिसा लिएर नेपाल प्रवेश गरेका उनीहरु उनीहरु भिसाको अवज्ञा गरी चर्चको भवन बनाउनसमेत संलग्न भएको पाईएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट