कमलपोखरीको मःम पसलमा सिलिण्डर विस्फोट हुँदा १४ जना घाईते, उदयपुरका संजोगको अवस्था गम्भिर

काठमाडौँ– काठमाडौँको कमलपोखरी स्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट हुँदा १४ जना घाईते भएका छन्। घाईते मध्ये १ जनाको अवस्था गम्भिर छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार आज बिहान पौने ९ बजे सिलिण्डर विस्फोट भएको हो। विष्फोटमा घाईते भएका १४ मध्ये ११ जनालाई अस्पताल लगिएको छ। अन्य तीन जना सामान्य छन्।
घाइते मध्ये उदयपुर घर भएका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर छ। उनलाई कीर्तिपुर बर्न सेन्टर पठाइएको छ। घाईते १० जनाको हिमाल अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेहरु सोही पसलका कामदार रहेको जनाईएको छ। प्रहरीका अनुसार केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको मःमः पसलमा सिलिण्डर विस्फोट भएको हो। घटनास्थलमा घरको सिलिङ सबै झरेको छ।
प्रतिक्रिया