साउदीमा भएको सडक दुर्घटनामा उदयपुरका एकसहित ३ नेपालीको मृत्यु, इलामका लिम्बु सिकिस्त

काठमाडौँ — साउदीमा १५ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनामा तीन जना नेपाली श्रमिक पनि परेको खुलेको छ। साउदी अरवको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै १४ माघमा उक्त दुर्घटनामा भएको थियो।

साउदीस्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको उक्त दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ। यस वाहेक ९ जना भारतीय र तीन जना घानाका नागरिकको मृत्यु भएको छ।

साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार २६ जना श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घट्नामा ११ जना गम्भिर घाईते छन्। उनीहरुको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये जिजानको बाइस अस्पतालमा उपचार भइरहेका इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर छ। ती श्रमिक अरबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पाेरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा काम गर्थे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट