चरित्रमा प्रश्न उठाएको आरोप लगाउँदै एलिनाले हालिन पतिविरुद्ध सम्वन्ध विच्छेदको मुद्दा

काठमाडौँ– गायिका एलिना चौहानले अष्ट्रेलियामा रहेका पति विष्णु सापकोटालाई विपक्षी बनाएर काठमाडौँ जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर भएको हो। उनले अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै फिराद पत्र दायर गरेको अदालत स्रोतले जनाएको छ।
एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो। विष्णु अहिले अस्ट्रेलियामै छन्। एलिना पनि तीन महिना अष्ट्रेलिया बसेर नेपाल फर्किएकी हुन। पतिले आफनो चरित्रमाथि आशंका गर्ने तथा दबाबमा राख्न खोजेका कारण सम्वन्ध विच्छेद गर्न लागेको जनाएकी छिन्।
उनले फिराद पत्रमा लेखेकी छिन्–‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर सम्म पनि बस्नुपर्ने हुँदा बिपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो।’
‘नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ–आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु।’– उनले भनेकी छिन्।
विपक्षीलाई अदालतमा झिकाई पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई दिन उनले अदालतमा आग्रह गरेकी छिन्।
यो पनि,
- गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्वन्ध डिभोर्सको अवस्थामै पुगेको हो ?
- एलिना चौहानलाई पतिले भकुरेकी भाईरल हुने काम ? अनुहारभरी देखियो कुटपिटको डाम (भीडीओसहित)
- एलिना चौहानलाई किन नेपाल राख्न चाहादैनन् विष्णु सापकोटा ?
- एलिनाको आलोचना गर्ने आरतीलाई महेश्वरको जवाफः बरु बाँझो खेतबारी खन, उत्पादनमुलक हुन्छ
- एलिनाले प्रेमीलाई पति बनाईन, यस्तो भब्य छ विवाह समारोह