ज्वाला संग्रौला भन्छिन्ः मेरो विरोध गरेर रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएका छन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका संग्रौला (ज्वाला) को अर्को विवादित स्ट्याटस सार्वजनिक भएको छ। उनले आफ्नो फेसवुकमा आफनो विरोध वा आलोचना गरेर आफुलाई रास्वपा हुँ भन्नेहरु कुनै न कुनै काण्डमा मुछिएको समेत दाबी गरेकी छिन्।

केही दिनअघि फेसवुकमै ‘रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ अभिव्यक्ति दिएपछि उनी विवादित बनेकी थिइन्। पार्टीका संस्थापक नेता लामिछानेमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला केन्द्रीय सदस्यबाटै ‘भ्रम फैलाउने खालको’ अभिव्यक्ति दिएको भन्दै ज्वालामाथि दर्जनौँ नेता–कार्यकर्ताहरूले कारबाहीको माग गरेका थिए।

त्यसपछि उनले फेसवुक स्ट्याटस सच्याएकी थिईन। त्यसपछि उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधे जवाफ दिन तयार रहेको बताउँदै उल्टै आफ्ना नेता–कार्यकर्ताहरूको पर्दाफास गर्ने धम्की दिएकी छन्।

‘ज–जसले आज मेरो विरोध गरेर आफू रास्वपा हूँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय’ उनले लेखेकी छिन्–‘तसर्थ संयमित बन्नुस्। मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भएपनि जवाफ दिन तयार छु।’

केन्द्रीय सदस्य ज्वालाले लेखाइमा भएको सामान्य त्रुटीलाई पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका पूर्वनेता–कार्यकर्ताहरूले खेदो गरेको आरोप लगाएकी छिन्।

‘मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरण सहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन्। यसबाट म कतै विचलित भएकी छैन, किनकि यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो।’– ज्वालाले लखेकी छिन्।

यस्तो छ ज्वालाको फेसवुक स्ट्याटस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट