सन्यास लिएकी बलिउड अभिनेती ममता कुलकर्णी किन्नर अखाडाकी महामण्डलेश्वरमा नियुक्त

काठमाडौँ– कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णीले सन्यास लिएकी छिन्।

प्रयागराजमा चलिरहेको कुम्भ मेलामा शुक्रबारबाट उनले आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी हुन। उत्तर प्रदेश सरकारले उनलाई अब माई ममतानन्द गिरीको नामले चिनिने जनाएको छ।

ममता कुलकर्णीले कुम्भ मेलाको समयमा किन्नर अखाडामा संन्यास लिएकी थिइन्, त्यसपछि उनलाई नयाँ नाम दिइएको हो। पिण्डदान गरेपछि उनको पट्टाभिषेक किन्नर अखाडामा गरिएको थियो।

उनी किन्नर अखाडाकी महामण्डलेश्वर बनेकी छिन्। ममता लामो समयअघि देखिनै चलचित्र क्षेत्रबाट देखिएकी छैनन्। उनी साध्वीको जीवन बिताउँदै आएकी थिइन्। हालै मात्र उनी २४ वर्षपछि भारत फर्किएकी हुन।

किन्नर अखाडा सन २०१५ मा स्थापित एक हिन्दू धार्मिक संस्थाको हो। जसको मुख्य उद्देश्य ट्रान्सजेन्डर समुदायलाई आध्यात्मिक र सामाजिक क्षेत्रमा समानता र मान्यता प्रदान गर्नु हो। अहिले ममता कुलकर्णीलाई महामण्डलेश्वरमा नियुक्त गरेर आखाडाले आफ्नो सन्देश र प्रभावलाई थप फैलाउन खोजिरहेको छ।

सो क्रममा किन्नर अखाडाका आचार्य महामण्डलेश्वर लक्ष्मी नारायणले ममता नन्द गिरीलाई स्वागत गरेका थिए। उनले किन्नर अखाडाले पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णीलाई महामण्डलेश्वर बनाएको जानकारी दिए।

उनका अनुसार अब नाम ‘श्री यमाई ममता नन्द गिरी’ राखिएको छ। उनका अनुसार अभिनेत्री विगत डेढ वर्षदेखि किन्नर अखाडा र गुरूसँग सम्पर्कमा थिइन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट