कलैयामा बोर्डिङका प्रिन्सिपलको हत्या आरोपमा एक महिला पक्राउ

जनकपुर– बाराको कलैया स्थित वोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकार (गुड्डु)को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेशको गोली हानेर हत्या गरेको ति महिलालाई पक्राउ गरिएको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

उनका अनुसार कलैयाबाट आरोपी पक्राउ परेका हुन्। यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताए।

सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो । कलैया उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेका थिए।

अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएको प्रत्यक्षदर्शीहरुलाई उधृत गर्दै लोहारले वताए। भाग्नका लागि स्वर्णकारले स्पीड बढाउँदा अगाडिको मोटरसाइकलमा पछाडि सवार ब्यक्तिले गोली चलाएको उनको भनाई छ।

त्यसक्रममा उनलाई कम्तीमा ५ राउण्ड गोली लागेको थियो । लोहारका अनुसार, दुई वटा मोटरसाइकलमा चार जना थिए । घटनालगत्तै उनीहरु सीमा क्षेत्रतिर भागेका थिए । स्वर्णकारलाई गोली हान्नुको कारण खुलेको छैन ।

पक्राउ पर्ने व्यक्ति तिनै चार जनामध्येका हुन् वा होइनन् भन्ने खुलेको छैन। स्रोतका अनुसार, घटनापछि मृतक स्वर्णकारको मोबाइल समेत हराएको थियो । गोली हान्ने व्यक्तिहरुले नै स्वर्णकारको मोबाइल लिएर गएको प्रत्यक्षदर्शीहरुले दाबी गरेका छन्। स्वर्णकारलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । त्यहाँबाट वयोधा अस्पताल पु¥याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार, मृतक स्वर्णकारको बजारमा दुई वटा सुन पसल पनि छ। पसल उनका दाजुले चलाउँदै आएका छन्।

सम्वन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट