गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्वन्ध डिभोर्सको अवस्थामै पुगेको हो ?

काठमाडौँ– केहीदिनअघि गायिका ज्योति मगरले फेसबुकमा एउटा स्ट्याटस लेखिन। उनको स्ट्याटसमा ‘एक गायिकाले श्रीमान्बाट हिंसा भोगेको कुरा सेयर गरेको’ उल्लेख थियो। उनले कसैको नाम उल्लेख गरिननन् मात्रै होईन, पछि स्ट्याटस नै हटाईन।

‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो। २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँसु झारिन्। उनको रगताम्मे अनुहार, आँखा र मुखभरि निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी यस्तोसम्म भोगें मैले’ उनको स्ट्याटसमा लेखिएको थियो–‘उनलाई मैले स्ट्रङ होउ मुभ अन गर त भनें, तर मेरो मन अति नै भारी हुँदैछ। साँच्चिकै उनको पीडामा मलाई धोको फेरेर रुन मन लाग्दैछ। एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आममहिलाको हालत के होला ? जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहिएछ उनको भने मात्रै उनको अनुमतिमा नाम मेन्सन गर्नेछु। उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो।’

पछि ज्योतिको फेसवुक स्ट्याटस हट्यो। अर्कोतर्फ बद्री पंगेनीले पनि यात्राको क्रममा खिचिएको एउटा भीडीओ सामाजिक सञ्जालमा राखे। पछि उनले पनि त्यो भीडीओ सामाजिक सञ्जालबाट हटाए। यो दुई प्रकरणले ज्यातिले उल्लेख गरेकी गायिका एलिनानै हुन भन्ने धेरैले अनुमान लगाए।

अर्कोतर्फ केही समयअघि अस्ट्रेलियामा छँदा एलिनाले पोष्ट गरेको टिकटकको भीडीओ धेरैको मानस पटलमा आयो। भीडीओमा एलिनाको अनुहारभरि निलडाम देखिन्थ्यो। त्यसले श्रीमान्सँगको सम्बन्ध बिग्रिएको भन्दै अड्कलबाजी भए। त्यसपछि एलिनाले स्पष्टीकरण दिदै गीतको भावअनुसार भीडीओ बनाउन निलडामको मेकअप गरेको बताएका थिईन्।

ज्योतिको स्ट्याटसले त्यो घट्ना एलिनाका समर्थकको मानसपटलमा झलझली अगाडि ल्याई दियो। त्यसपछि पछिल्लो घट्नाको पात्र पनि एलिना नै हुन भन्ने कुरा अनुमान लगाउन साह्रै गाह्रो परेन।

स्रोतका अनुसार पछिल्लो समय एलिना र फर्निचरको व्यवसाय गरेर अष्ट्रेलिया वस्ने उनका पति विष्णु सापकोटाको सम्बन्ध ठिक छैन। लामो समयदेखि छुट्टाछुट्टै बसेका उनीहरूको सम्बन्ध बिग्रिएको एलिना निकट स्रोतले जनाएको छ। यद्दपी, हालसम्म उनीहरुबीच सम्बन्धविच्छेद भएको छैन।

गत वैशाखमा उनीहरुले विवाह गरेका थिए। विवाह गर्नु अघि पनि उनीहरुको प्रेम सम्वन्ध र व्रेकअपले मिडियामा राम्रै चर्चा पाएको थियो। बिवाहको केही महिनापछि एलिना विष्णुसँग अस्ट्रेलिया गएकी थिईन। तर, गत तीजमा नेपाल आएकी उनी अस्ट्रेलिया फर्किएकी छैनन्। विष्णु भने अष्ट्रेलियामै छन्। केही समयअघि एलिना ओशो ध्यान केन्द्रमा देखिएकी थिइन्। अस्ट्रेलिया नर्फिनु त्यसमाथि ओशो ध्यान केन्द्रमा देखिनुले श्रीमान्सँग उनको सम्बन्धमा दरार आएको अनुमान लगाईएको थियो। त्यसयता एलिनाले यस विषयका प्रश्नले हैरानी भोग्नु परिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट