यस्तो छ आधा सताब्दी पार गरेका सलमान खानको विवाह नहुनुको कारण

काठमाडौँ– बलिउड अभिनेता सलमान खान आधा सताब्दी पार (५९ वर्ष) गरिसके। तर, अहिलेसम्म पनि उनी अविवाहित नै छन्। उनको नाम कयौं अभिनेत्रीसँग जोडिने गरेको छ तर, विवाह गर्ने कुरामा भने उनी सधैं अनुत्तरित नै देखिन्छन्।

उनको विवाहका विषयमा बुवा सलिम खानको एउटा पुरानो भिडिओ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसमा उनले ‘हुनेवाला श्रीमतीमो आमाको गुण खोज्ने’ सलमानको ब्यवहारका कारण विवाह हुन नसकेको खुलासा गरेका छन्।

‘सलमान प्रायः फिल्मका हिरोइन मन पराउँछन्। तर, जब अभिनेत्रीसँग सम्बन्धमा हुन्छन्, तब उनी उनीहरूमा आमाका गुण खोज्न थाल्छन्। र, आमाजस्तै होस् भन्ने चाहन्छन्’ सलिमले भनेका छन्–‘करिअर–उन्मुख महिलाले आफ्नो करिअर छाडेर घरको हेरचाह गरोस भन्ने चाहना राख्नु नै उसको विवाह नहुनुको कारण हो।’

करियर बनाउँदै गरेका चर्चित युवती मन पराउने अनि अपेक्षा चै आमाले जस्तै घर र बच्चाहरूको हेरचाह गरून्, स्कुल लैजाउन, गृहकार्यमा मद्दत गरुन, खाजा÷खाना बनाउन भन्ने चाहना नै सलमानको विवाह नहुनुको कारणका रुपमा उनले व्याख्या गरेका छन्।

सलमान खान अव छिट्टै फिल्म ‘सिकन्दर’ मा देखिनेछन्। फिल्ममा उनीसँगै रश्मिका मन्दना पनि मुख्य भूमिकामा देखिनेछिन्। यो फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुनेछ। तर, रश्मिका घाईते भएका कारण अहिले सुटिङ रोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट