सप्तरीमा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जना पक्राउ

राजविराज– सप्तरीमा प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने सप्तरीकै राजविराज नगरपालिका –७ का ३५ वर्षीय महेन्दर साह र छिन्नमस्ता गाउँपालिका –३ का ४० वर्षीय रविन्द्रकुमार यादव छन्।

स्रोत नखुलेको रकम साहको घरबाट बरामद भएको हो। विशेष सूचनाका आधारमा उनको घर खानतलासी गर्दा २ वटा कालो प्लाष्टिकमा पोको पारी बन्डल बनाएर राखेको १ हजार दरका ३१६ थान, ५ सय दरका २ हजार १६८ थान र १ सय दरका ७ थान गरी जम्मा १४ लाख ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

साहको सूचनाको आधारमा घटनमा सलंग्न रहेको पाईएपछि यादवलाई पनि पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए। उनीहरु विरुद्ध बैंक तथा वितीय संस्था सम्बन्धी ऐन २०७३ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालत बाट म्याद थप गराई अनुसन्धान भईरहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट