बारामा प्रहरी कर्मचारीको गोली हानी हत्या गरिएको घट्नामा गाडी धनी गुप्तचर तिवारी अनुसन्धानको घेरामा

जनकपुर – बाराको जितपुर सिमरा उपमहानगरपालिका–११, आमाडारमा प्रहरी कर्मचारी (कार्यालय सहयोगी) ४० वर्षीय राजकुमार रुम्बाको गोली हत्या गरिएको ५ दिन वितेको छ। तर, घट्नामा हालसम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन।

पोष्टमार्टम रिपोर्टमा रुम्बाको टाउकोमा गोली फेला परेको थियो। त्यसपछि प्रहरीले अनुशन्धानलाई तिव्रता दिएको छ। पहिलो चरणमा गाडी धनीसमेत रहेका गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग) का अनुसन्धान अधिकृत (निरीक्षक) श्रीकान्त तिवारी नै प्रहरीको अनुशन्धानको घेरामा परेका छन्।

तिवारी प्रहरीको निगरानीमा छन्। उनलाई इलाका प्रहरी कार्यालय सिमराको प्रहरी परिसरभित्रै सम्पर्क र निगरानीमा राखिएको छ। तिवारीसँग सोधपुछ भईरहेको सिमरा इलाका प्रहरी कार्यालयका डीएसपी चिरञ्जीवी दाहालले बताए। उक्त घट्नामा तिवारी बाहेक हालसम्म कोही पनि पक्राउ नपरेको उनको भनाई छ।

सिमरा विमानस्थलको प्रहरी युनिटमा भान्से रहेका रुम्बा गत शनिबार (६ पुस) को बिहान आमाडार गाउँको सडक पेटीमा मृत फेला परेका थिए। वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनको शव फेला परेको थियो।

प्रहरीका अनुसार उनी शुक्रबार राति साढे ९ बजे ‘कलैया जान्छु’ भन्दै सिमरा विमानस्थलमै एक वर्षदेखि कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तिवारीको कार लिएर निस्केका थिए। त्यसैले तिवारी निगरानीमा परेका हुन।

अनुशन्धानका क्रममा रुम्बा र तिवारीबीच हिमचिम राम्रै देखिएको छ। ‘त्यसैले तिवारीबाटै अनुसन्धान सुरु गरिएको हो’– दाहालले भने। रुम्बा मृत अवस्थामा फेला परेको चौथो दिन वीरगन्ज नारायणी अस्पतालमा पोस्टमार्टम भएपछि टाउकोमा नजिकैबाट एक गोली हानी हत्या गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।

रुम्बाको मृत्यु रहस्यमय भएको दाहाल बताउँछन्। जितपुर सिमरा १७ घर भएका रुम्बा वडा नम्बर–१ को सिमरा सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। उनका २ श्रीमती र ३ सन्तान छन्। रुम्बा सुकुम्बासीका अगुवासमेत रहेको स्थानीयले वताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट