विद्यालयमा कार्यक्रम गरी बालबालिकालाई क्रिश्चियन धर्ममा प्रवेश गराउँदै हिँडेका पाष्टर पक्राउ
काठमाडौं– कैलालीका विभिन्न विद्यालयमा पुगेर बालबालिकालाई धर्म परिवर्तन गराउँदै हिँडेका चर्चका एक जना पास्टर पक्राउ परेका छन्। लम्कीका सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराउन खोजेको आरोप उनीमाथि छ।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई पक्राउ परेका हुन्। भट्टराईले विद्यालय–विद्यालयमा पुगेर बालबालिकामा भ्रम उत्पन्न गरी धर्म परिवर्तन गराएको जाहेरी परेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर दर्शन खड्काले बताए।
भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा केही दिन अघिमात्र लम्कीचुहा नगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाई धर्म अंगाल्न अनुरोध गरेको भिडियो सार्वजनिक भएको थियो।
त्यसअघि समेत नगर क्षेत्रका बिभिन्न विद्यालयहरुमा खेल सामग्री, झोला, टिसर्ट र चकलेट वितरण गर्ने भन्दै कलिला बालबालिकालाई इसाईमा लाग्न प्रेरित गर्ने गरेको प्रहरीको अनुशन्धानमा खुलेको छ। कतिपय विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिकै पदाधिकारीहरुको मिलेमतोमा यस्ता कार्यक्रम हुने गरेका छन्।
इन्सपेक्टर खड्काका अनुसार विद्यालयकै पदाधिकारीको संलग्नता पुष्टि नभए पनि सोधपुछ भने चलिरहेको छ।
जे गर्छ भट्टराई वा त्यो सङ्ग मिल्ने जातिले गर्छ यो देशमा । धर्मको ठेक्का उनिहरुकै हो ।