सहकारी ठगी प्रकरणमा पूर्वसांसद मीना गुरूङ घरबाटै पक्राउ
पोखरा– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार प्रहरीले पूर्वसांसदलाई पक्राउ गरेको छ।
गण्डकी प्रदेशकी पूर्वसांसद एवम् एमाले नेता मीना गुरूङ पक्राउ परेकी छन्। कास्की प्रहरीले मंगलबार साँझ उनलाई पोखरा–११, रानीपौवास्थित निवासबाटै पक्राउ गरेको हो।
स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध रहेकी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन्। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ। गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्ति र संस्था गरी ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। गुरुङलाई बिहिबार आवश्यक कारबाही प्रक्रियाका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया