राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अख्तियार छिर्यो !

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा मंगलबार साँझ अख्तियारको टोली पुगेको छ। अख्तियारको टोली अस्पताल छिर्नुको उदेश्य स्पष्ट नभएपछि साँझपख कर्मचारीहरुसँग सोधपुछ गरेको खुलेको छ।

टोलीले कर्मचारीहरुसँग अस्पतालसँग समबन्धित विषयमा जानकारी लिएको जनाईएको छ। कर्मचारीहरुसित जानकारी लिएपछि अख्तियारको टोली फेरी भोलि बिहान आउने भन्दै फर्किएको छ।

अख्तियारको इटहरीस्थित कार्यालय स्रोतका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालका विभिन्न कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी परेको छ। सोही उजुरीका सन्दर्भमा छानबिनका लागि अख्तियारको टोली अस्पतालमा पुगेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट