सुनसरीका युवकको ललितपुरको क्याफेमा हत्या, ३ जना पक्राउ

काठमाडौँ– सुनसरीको इटहरीका एक युवकको सोमबार राती ललितपुरमा हत्या भएको छ। ललितपुर महानगरपालिका–९ च्यासलस्थित द टाउन क्याफेमा २३ वर्षीय नयन गुरूङ हत्या भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार ३ जना व्यक्तिले कुटपिट तथा चक्कु प्रहार गरी उनको हत्या गरेका हुन।

गुरुङको हत्या गरेको आरोपमा रेष्टुरेन्टमै काम गर्ने च्यासलका २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

एसपी पौडेलका अनुसार घटना बिल तिर्ने विषयलाई लिएर भएको थियो। विवाद सुरू भएपछि चक्कु प्रहारसम्म हुन पुगेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट