सर्लाहीमा बालुवा बोकेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
जनकपुर– नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको फरहदवास्थित चिरान मिल नजिक बालुवा बोकेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कविलासी नगरपालिका–७ का १९ वर्षका चन्दन यादवको मृत्यु भएको हो।
हरिपुरबाट मलंगवातिर जाँदै गरेको ज२त ४५२ नम्बरको बालुवा लोड गरेको ट्याक्टरमा सोहीमा जाँदै गरेको बीआर०५एक्यु ८७५९ भारतीय नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पताल पु¥याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ।
ट्याक्टर चालक फरार भएका छन्।
प्रतिक्रिया