आफुलाई ‘अमेरिकामा पीआर पाएको इञ्जिनियर’ भन्दै झुक्याएर दोस्रो विवाह गर्ने सहचालक र उनका नक्कली बाबु पक्राउ

काठमाडौँ– आफुलाई अमेरिकाको पिआरवाला इन्जिनियर भन्दै परिवारनै नक्कली खडा गरी कञ्चनपुरको बेदकोटमा दोस्रो विवाह गर्ने कथित बेहुला र उनका नक्कली बाबु र भिनाजु पक्राउ परेका छन्।

प्रहरीले केटीको परिवारलाई झुक्याएर दोस्रो विवाह गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका– ४ का ३२ वर्षीय विष्णुप्रसाद माली, उनका नक्कली बाबु डडेल्धुराकै अमरगढी नगरपालिका–३ का ४२ वर्षीया वीरबहादुर ऐर र नक्कली भिनाजु कञ्चनपुरको बेदकोट नगरपालिका– २ का जनक धामीलाई पक्राउ गरेको हो। ऐस पेसाले इन्जिनियर हुन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार मालीको विवाहका लागि बाबु बनेका ऐर गत शनिबार डडेलधुरामा पक्राउ परेका हुन। उनले टिकाटालोका वेला फोनमा माली आफनो छोरा भएको बताएका थिए भने विवाहमा पनि सरिक भएका थिए।

प्रहरीका अनुसार माली र बेदकोट नगरपालिकाकी ३० वर्षीया एक युवती सामाजिक सञ्जालमार्फत प्रेम सम्वन्धमा थिए। उनले आफूलाई अमेरिकाको पिआर पाएको इन्जिनियर बताएका थिए। प्रेम सम्वन्धमा रहेको ३ महिनापछि माली युवतीको हात माग्न पुगे। पीआर पाएको इन्जिनियर भनेपछि युवतीको परिवार लोभियो।

मालीले बिदामा आएकाले विवाह गरेलगत्तै अमेरिका लैजाने भन्दै २३ मंसिरमा युवतीको घरमै पुगेर हतार हतार विवाह गरे। विवाहका लागि ऐर मालिका बाबु बने भने धामी उनका भिनाजु। महेन्द्रनगरको होटेल चेतनमा तामझामका साथ विवाह सम्पन्न भयो। तर, विवाहको दोस्रो दिनमै विवाहको सवै तामझाम नक्कली भएको पर्दाफास भयो।

पीआरधारी वेहुलो भनेपछि विवाहको भीडीओ÷फोटो सामाजिक सञ्जालमा राखेर बधाई दिनेको ओईरो लाग्यो। त्यही फोटो÷भीडीओ देखेर मालीकी जेठी श्रीमतीले यो घट्ना थाहा पाईन। उनी मार्फत नै युवतीका परिवारले विष्णुप्रसादले झुक्याएर दोस्रो विवाह गरेको थाहा पाए।

त्यसपछि उनीहरुले नै डडेलधुरा जाने क्रममा रहेका मालीलाई २५ मंसिरमा बुडरबाट नियन्त्रणमा लिए। र प्रहरीको जिम्मा लगाई दिए। उनी अहिले कञ्चनपुर प्रहरीको हिरासतमा छन्। युवतीको माइती पक्ष छोरीको विवाह नक्कली भएको थाहा पाएपछि कानुनी प्रक्रियामा गएको छ।

प्रहरीका अनुसार माली गाडीका सहचालक हुन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता जोशीका अनुसार मालीविरुद्ध बहुविवाहअन्तर्गत मुद्दा दायर गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट