बालकोटमा सँगै सुतेका ३ बाबुछोरा मध्ये २ जनाको हत्या, जेठा छोरा सम्पर्क विहिन
काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा कान्छा छोरा २२ वर्षीय प्रविणसहित मृत फेला परेका खोटाङको रूपाकोट मझुवागढी नगरपालिका– १ का ५६ वषीय कुलप्रसाद आचार्य जिल्ला हुलका कार्यालय खोटाङका प्रमुख रहेको खुलेको छ।
उनीहरु दुवै बाबुछोरा सोमबार विहान आफनै कोठामा मृत फेला परेका थिए। सँगै बसेका कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहिन छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार कुलप्रसाद केही दिनअघि अफिसको कामले काठमाडौँ आएका थिए।
उनका दुई भाई छोराहरु तीन वर्षदेखि काठमाडौँ उपत्यकामै बसेर अध्ययन गरिरहेका थिए। भक्तपुरका बालकोटमा २ वटा कोठा भाडामा लिएका छन्। कुलप्रसार शनिवार छोराहरुसँगै बसे। तीनै जना खाना आएर सँगै सुते।
उनीहरु बसेका फ्ल्याटमा जम्मा चार कोठा छन्। बाँकी दुई कोठामा भाडा लिएर अरु नै वस्दै आएका छन्। शनिबार खाना खाएर सुतेका उनीहरूको आईतबार विहान चालचुल थिए। कोठामा बाहिरबाट ताला लागेको थियो।
उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कोठामा बाहिर ताला लागेका आधारमा तीनै जना कतै गए होलान भन्ने लख काटे। दिनभर र राति पनि उनीहरुको चहलपहल देखिएन। सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि भाडामा वस्ने अन्य ब्यक्तिहरुले प्रहरीलाई खबर गरे।
प्रहरी घटनास्थल पुग्दा ढोका बाहिरबाट ताला लागेकै थियो। प्रहरीले ताला फोरेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए। बाबुछोरा दुवैको टाउकोमा गम्भीर चोट छ। एउटै प्रकृतिबाट हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
यता, सँगै सुतेका जेठा छोरा मिलन सम्पर्क विहिन भएकाले प्रहरीले उनको खोजी गरिरहेको छ। घट्नाको प्रकृतिले हत्या नै भएको देखिएपछि घट्ना कसरी भयो भन्ने खुलेको छैन। पारीवारिक असमझदारीले मिलनले नै दुवै जनाको हत्या गरेर भागे वा उनी पनि अभर परेका छन् भन्ने सुराक प्रहरीले पाएको छैन।
प्रहरीले सुक्ष्म ढंगले अनुशन्धान सुरु गरिसकेको डीएसपी नेउपानेले वताए। मिलनको बारेमा जानकारी प्राप्त भए घट्नाको विषयमा थप क्लु फेला पर्ने उनको भनाई छ।