सहकारी ठगीमा मुद्दा फाईनल भएका लामिछाने र फोटो भाईरल बनाउने भुसाल अव एउटै हिरासतमा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाउने डा.निकोलस भुसाललाई पोखरा लगिएको छ। अदालतमा वयान नसकिएसम्म अव लामिछाने र भुसाल कास्की प्रहरीकै हिरासतमा रहने छन्।

आईतबार साँझ काठमाडौँको गोठालो रिसोर्टबाट पक्राउ परेका भुसाललाई आज बिहान प्रहरीले पोखरा लगेको हो। ११ बजे यती एयरलाइन्सको उडान नम्बर एनवाईटी ६७३ मा पोखरा पठाएको प्रहरीले जनाएको छ।

हिरासतमा रहेका आरोपितको फोटो सार्वजनिक गरेको घटनामा आवश्यक अनुसन्धानका लागि भुसाललाई पोखरा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेको फोटो भुसालले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए। त्यसपछि लामिछानेका सहयोगी दिपक बोहोराले प्रहरीलाई धारे हात लगाउँदै उक्त फोटो सामाजिक सञ्जालमा भाईरल बनाए।

भुसालले भने लगत्तै पोष्ट हटाएका थिए। फेसबुकमा फोटो भाईरल भएपछि उनले भोलिपल्ट फेसबुक लाइभ बसरे फोटो आफुले नै खिचेको स्विकार गर्दै खिच्नु र फेसवुकमा हाल्नु गल्ति भएको बताएका थिए। उनले सरकार र प्रहरीसँग माफी पनि मागे।

भुसालले लामिछानेका सहयोगी बोहोरासँगको सल्लाहमै योजनावद्धरुपमा फोटो खिचेर बाहिर ल्याएको प्रहरी स्रोतले दावी गरेको छ। यस सम्बन्धमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ। प्रहरीले यो प्रकरण छानविनका लागि समिति समेत बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट