इटाभट्टा रहेको जमिनबाट सुन निकालेर दिन्छु भन्दै २ करोड ठगी गर्ने उत्तर प्रदेशका हलुवाई नेपालगञ्जमा पक्राउ

काठमाडौँ– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित मोहनपुर इँटाभट्टा रहेको जमिनमा सून रहेको र जमिन खनेर सुन निकालिदिने प्रलोभन देखाई २ करोड ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको उत्तरप्रदेश बलरामपुर सिहपुरी घर भएकार ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई प्रहरीले ५ पुसमा नेपालगञ्ज–४, बसपार्कबाट यूपी ३२ पिपी ६११० नम्बरको कारसहित पक्राउ गरेको हो। उनी इटाभट्टा नजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा पक्राउ परेका हुन्। बेहेनाले १५ मंसिरमा हलुवाईविरूद्ध प्रहरीमा जोहरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी आयुशप्रशाद जोशीका अनुसार हलुवाईले सुन निकालेर दिने प्रलोभनमा पारेर बेहेनाबाट पटकपटक गरी करिब दुई करोड ठगी गरेको देखिएको छ। इँटाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनेर पटकपटक गरी दुई करोड ठगी गरेको भन्दै परेको जाहेरीका आधारमा हलवाइलाई पक्राउ परेका हुन।

हलुवाईको साथबाट ३ वटा माटो र ३ वटा पित्तलको घैंटा, घैटोभित्र धातुले बनेका १०४९ वटा धातुका सिक्का, धातुले बनेको पुरानो सिक्री, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकारका ६ सय पत्थर, ३ वटा धातुका डिब्बा, छालाको कालो रंगको झोलभित्र ताबिजसहितको बट्टा, उर्दू भाषामा लेखिएको एउटा किताब तथा नेपाल र भारतका विभिन्न बैंकका चेक र भौचरहरू बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका हलुवाईमाथि थप अनुसन्धान जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट