नेवानीको जहाजमा हङकङबाट काठमाडौं आएका ताप्लेजुङका देउमान लिम्बुको मृत्यु
काठमाडौँ– नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुको मृत्यु भएको छ।
निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बुको मृत्यु भएको हो। उनी जहाजभित्रै बेहोस भएका थिए। अचेत अवस्थामै एयरलाइन्सका कर्मचारीले उनलाई आफन्तको जिम्मा लगाएका थिए।
आफन्तले अस्पताल पु¥याएसँगै उनको मृत्यु भएको जनाईएको छ। निगमका प्रवक्ता रमेश पौडेल लिम्बुलाई जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएकाले जिम्मा लगाएको वताएका छन्। त्यसपछि केएमसी पु¥याइएको र अस्पतालले मृत घोषणा गरेको उनको भनाई छ।
जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले जानकारी दिए।
प्रतिक्रिया