किराना पसलबाट लागूऔषधको होलसेल चलाईरहेका विरगञ्जका राजाराम महतो पक्राउ
जनकपुर– किराना पसलबाट लागूऔषधको होलसेल ब्यापार गरिरहेका पर्साको वीरगञ्जस्थित प्रगतिनगरका राजाराम महतो कोइरी पक्राउ परेका छन्। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज अन्तर्गतको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रगतीनगरमा उनले सञ्चालन गरेको सृष्टि किराना जेनरल स्टोरबाट लागूऔषध बरामद भएको थियो। पसलबाट पाँचवटा कार्टुनमा भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराइड नामक लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाइएको सशस्त्रले जनाएको छ।
प्रतिक्रिया