महाराजगञ्जमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा उदयपुरका मोटरसाईकल चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको महाराजगञ्जमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३, महाराजगंजमा बा.१३ च ६२८५ नम्बर बोलेरो, बा.२ ख ६७२९ नम्बरको बस र बा.१८ प ४७८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक उदयपुर घर भई काठमाडौं बुढानिलकण्ठ पासीकोट बस्ने ५४ वर्षीय पदमबहादुर तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज मृत्यु भएको हो।

प्रहरीका अनुसार चाबहिलतर्फबाट आउँदै गरेको बोलेरोले विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि दुवै सवारी साधन चाबहिलतर्फ जाँदै गरेको बसमा ठोक्किएका थिए।

दुर्घटनापछि फरार भएका बोलेरो चालक शनिबार दिउँसो प्रहरी कार्यालयमा उपस्थित भएका छन् भने बस चालक शुक्रबार देखि नै प्रहरीको नियन्त्रणमा रहेको महाराजगञ्ज वृत्तका डिएसपी रबिन्द्र पौडेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट