चरित्रहत्या हुने गरी भीडीओ बनाएर भाईरल बनाएपछि गायिका समिक्षा अधिकारी साईबर व्युरोमा

काठमाडौँ– गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा जाने बताएकी छिन्।

एआई प्रयोग गरेर आफ्नो चरित्रहत्या हुने भिडिओ बनाइएको भन्दै अधिकारीले आपत्ति जनाएकी छिन्। त्यस विरुद्ध साइबर ब्यूरोमा जाने उनले फेसवुक मार्फत जनाएकी छिन्।

‘एआई प्रयोग गरि मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु (जस्ले भिडियो बनाएको) को वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन।’ उनले फेसवुकमा लेखेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट