स्रोत नखुलेको ६८ लाखसहित काठमाडौंबाट झापाका युवराज सुवेदीसहित ४ जना पक्राउ

काठमाडौँ– काठमाडौँमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित प्रहरीले झापाको विर्तामोडका युवराज सुवेदीसहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय सुवेदीसहित काठमाडौं महानगरपालिका–३२ दोभानपुलका ४६ वर्षीय राजकुमार माली, महानगरपालिका–१० का १८ वर्षीय एक किशोर, महानगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल छन्।

प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार रहेका उनीहरूलाई मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार स्रोत नखुलेको रकम भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट रकम उल्लेख गरिएको ५ थान चेक, ५ थान मोबाइल बरामद गरिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट