धनुषामा महिलाको शरीर र टाउको छुट्याएर विभत्स हत्या गर्ने ब्यक्ति पहिलैदेखि फोन सम्पर्कमा रहेको खुलासा

जनकपुर– धनुषाको विदेह नगरपालिका–५, मुरिबाकी ४० वर्षीया रामपरीदेवी ठाकुरको क्रुर र विभत्स हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने स्थानीय ५० वर्षीय सगमलाल पासमान हुन। रामपरी र सगमलालबीच फोनमा कुराकानी हुने गरेको खुलेको छ। मृतकसँग चिनजान रहेको र फोनमा कुराकानी हुने गरेपनि हत्या कुन कारणले भयो भन्ने प्रहरीले खुलाएको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीले उनका अनुसार रामपरी गत १८ मंसिरमा घाँस काट्न भन्दै घरबाट निस्किएकी थिईन। तर, १९ मंसिरमा शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा रामपरीदेवीको शव फेला पर्यो।

घट्नास्थलको प्रकृति हेर्दा एकदमै विभत्स थियो। शीर एक ठाउँमा थियो भने शरीर अर्कै ठाउँमा थियो। शव फेला परेको ठाउँबाट करिव २०५ फिट पर कमला नहरस्थित झाडीमा टाउको फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्यामा प्रयोग भएको चिरपट, चप्पल र अन्य सामग्री घट्नास्थलमै बरामद गरेको थियो। अनुसन्धानका क्रममा सगमलालको घर तलासी गर्दा सुटकेसमा लुकाइएको अवस्थामा रगत लागेको निलो पाइन्ट, हरियो भेस्ट, पहेँलो ज्याकेट र अन्य सामग्री बरामद भएको थियो।

त्यसपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट