विवाहका लागि अभिभावक बोलाउने विषयमा विवाद भएपछि कुटपिट गरेर प्रेमिकाको हत्या

जनकपुर— महोतरी अतराढ घर भई जनकपुर बस्दै आएकी २२ वर्षीया अनु रायको उनकै प्रेमीले हत्या गरेको खुलेको छ।

अनुको हत्या आरोपमा उनका प्रेमी सर्लाहीको चक्रघट्टा–९ खोइरियाका २५ वर्षीय मन्दिपकुमार यादव पक्राउ परेका छन्। अनुको गत २३ असोजमा बर्दिबास नगरपालिका–५ टुटेश्वरमा शव फेला परेको थियो।

प्रहरीका अनुसार मन्दिपले अनुलाई सानै उमेरदेखि मन पराउँथे। दुवै जना प्रेम सम्वन्धमा पनि थिए। टुटेश्वर मन्दिरमा भेटेर विवाह गर्न सहमति पनि जनाए। विवाहको सहमति भएपनि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवै जनाबीच विवाद भएको पाईको छ।

सोही विवादमा एकअर्कामाथि कुटाकुट हुँदा अनुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल प्रसाद जैसवारले बताए।

टुटेश्वरमा बेवारिसे अवस्थामा शव फेला परेपछि प्रहरीको अनुशन्धानका क्रममा मन्दिप र अनु टुटेश्वर मन्दिरबाट सँगै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडिओ फेला परेको थियो। त्यसपछि यादवलाई वीरगन्जबाट पक्राउ गरिएको जैसवारले बताए।

पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट