डेढ वर्षअघि महोत्तरीको एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय कुख्यात डाका घाईते अवस्थामा पक्राउ

लहान— डेढ वर्षअघि महोत्तरीको एनएमबी बैंकको शाखा तथा नेपाल भारतका कयौं लुटपाटका घट्नामा संलग्न भारतीय कुख्यात डाका सिरहाबाट पक्राउ परेका छन्। सिरहा प्रहरीले उनलाई घाईते अवस्थामा पक्राउ गरेको छ।

सिरहा नगरपालिका–१७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय डाका आरिफ खान भन्ने आरिफ हुसेनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी शनिबार बिहान ४ बजे हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा पक्राउ परको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, नेपालसहित भारतको विभिन्न स्थानमा भएका डाँका, लुटपाट तथा संगठित अपराध मुद्दामा प्रतिवादी रहेका उनी फरार रहँदै आएका थिए। महोत्तरी जिल्लास्थित महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकको शाखामा १६ जेठ ०८० मा भएको लुटपाट घटनामा पनि उनी प्रतिवादी छन्।

बैंकबाट ५ जनाको हतियारधारी समूहले पेस्तोल देखाउँदै ३८ लाख लुटपाट गरेको थियो। १० फागुन ०७९ मा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई ९ लाख रुपैयाँ लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी छन्।

आरिफ विरुद्ध भारतमा पनि थुप्रै स्थानमा हातहतियार, लुटपाटलगायतका मुद्दा दर्ता छन्। भारतीय प्रहरीले उनको टाउकोको मुल्य तोकेको छ। आरिफलाई पक्राउ गर्नेलाई २५ हजार पुरस्कार दिने घोषणा भारत सरकारले गरेको सिरहा प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट