गुहे खोलाको झाडीमा १४ वर्षीया बालिका बलात्कृत, १९ वर्षीय चन्द्रबहादुर पक्राउ

काठमाडौँ– दाङमा १४ वर्षीय बालिका बलात्कारको आरोपमा प्रहरीले १९ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। सुर्खेतको सिम्ता गाउँपालिका–४ का १९ वर्षीय चन्द्रबहादुर परियार पक्राउ परेका हुन।

सल्यानकी १४ वर्षीया बालिकालाई कुपिन्डे नगरपालिका–१ सल्लिबजारमाथि गुहे खोलाको झाडीमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

परियार विरुद्ध प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलले उनलाई पक्राउ गरेको हो। घट्नाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट