ओलीको मुखबाट बामदेबको खुलासाः मदन भण्डारीलाई कांग्रेसले मार्यो, मलाई पहिला नै थाहा थियो

काठमाडौँ– नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले तत्कालिन नेता मदन भण्डारीको हत्या नेपाली कांग्रेसले गराएको खुलासा गरेका छन्। यो विषय आफुलाई पहिला नै जानकारी भएपनि त्यतिवेला चुप लागेर वसेको गौतमको भनाई छ।

नेता गौतमको यो दावी प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वताएका हुन। पार्टी निकट जनजाति संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै बामदेवले भनेको कुरा सुनाएका ओलीले भने ‘बामदेवको भनाई अनुसार मदन भण्डारीको हत्या कांग्रेसले गराएको हो।’

ओलीको भनाई अनुसार शुक्रबार एक कार्यक्रममा जाँदै गर्दा गौतमले उनको मोवाईलमा फोन गरेका थिए। गौतमको फोन देखेपछि उनले स्वकीय सचिव राजेश बज्राचार्यले हातबाट फोन लिएर आफैं रिसिभ गरे। तर, गौतमले भने राजेश नै ठानेर सवैभन्दा पहिला आफनो राजिनामा मागेको ओलीको भनाई छ।

‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो। अनि के भन्नुभयो भने, मदन भण्डारी कांग्रेसले मारेको हो। मलाई पहिले नै थाहा थियो, म चुप लागें। कांग्रेसले मार्छ भन्ने पनि पहिले नै थाहा थियो। पहिले म चुप लागें, अहिले बुढो पनि भइसकेँ, अब जे सुकै भए पनि मलाई केही छैन। म कुरा भन्दैछु भनेर मेरै (मेरै स्वरमा छ), अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर पाइन्छ। भन्देऊ तिम्रो ठूलो बालाई भनेर, कुरा मसँग गर्नुभयो।’– ओलीले सुनाए।

उनले अगाडि भने–‘ कामरेड के छ हालखबर सोधें– सबै ठीक छ भन्नुभयो। कुराको अन्तिममा तिम्रो ठूलो बालाई भन्देऊ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ, पार्टी अध्यक्षबाट पनि राजीनामा गर्न भन्देऊ। यस्तो अपराध गरेर पनि बस्न पाइन्छ? भनेर एकछिन वामदेव पड्किनु भयो, हस् हजुर भनें मैले, के पड्कने?’

वामदेव गौतम भ्रममा परेर सवै कुरा आफैलाई सुनाएको भन्दै ओलीले रमाईलो गरे। ‘वामदेव र म नङ र मासु जसरी एउटै विचारमा लामो समय अगाडि बढेका हौं। अचम्म के लाग्यो भने, केपी ओलीकै आवाजमा छ, के हो यो? छाड्नुप¥यो सबै भनेर उहाँले भन्नुभयो। मेरो आवाज चिन्नुभयो युट्युबमा बोलेको, तर म उहाँसँग कुरा गरिराखेको छु, त्यो चिन्नु भएन। एआईको जमाना छ, केही बनाएको होला कांग्रेस र हाम्रो बीचमा लडाइ लगाउने, मलाई डिफेम गर्ने हिसाबले।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट