गढीमाई मेलामा पेस्तोल देखाउँदै झगडा गरिरहेका १८ वर्षीय युवक पक्राउ

जनकपुर– सर्लाहीस्थित गढीमाई मेलास्थलमा आईतबार बेलुका पेस्तोल देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बलरा नगरपालिका–६, मिर्जापुरका १८ वर्षीय गोलु भनिने अमरजितकुमार सहानी २ थान पेस्तोलसहित पक्राउ परेका हुन। पेस्तोल देखाउँदै झैझगडा गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ।

सई दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो। प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ। बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा पठाईएको सई मल्लले वताए।

सर्लाहीका बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढिमाई मेला लागिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट