नुवाकोटमा २३ वर्षीया आमा र २ नाबालक छोराको शव एउटै कोठामा भेटियो, अनुशन्धान हुँदै
काठमाडौँ– नुवाकोटमा २ नाबालक छोरा र आमासहित ३ जना एकै ठाउँमा मृत फेत फेला परेका छन्।
किस्पाङ गाउँपालिका–१ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ तथा उनका नाबालक छोराहरू ५ वर्षीय रोशन र ३ वर्षीय रोमन आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन।
आज बिहान करिव ९ बजे घट्नाको बारेमा प्रहरीले जानकारी पाएको थियो। तीनै जनाको शव डोरीको पासो बनाई एउटै कोठमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। झुण्डिनका लागि एउटै डोरीलाई काटेर तीन टुक्रा बनाएको जस्तो देखिएको छ।
डिएसपी तिलक भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको छ। भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
स्थानीयका अनुसार चन्दीमायाका श्रीमान् रेस घले बिहान घरभन्दा केही माथी बारीमा केराउ टिप्न गएका थिए। घरबाट निस्कनुअघि उनको श्रीमतीसँग सामान्य भनाभन भएको थियो। तर, घटना हुनुको वास्तविक कारण भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
घरभित्र एउटै कोठाको छुट्टाछुट्टै तीनवटा कुनामा झुण्डिएको पाइएको प्रहरीको भनाई छ। दुवै बालकहरू स्थानीय दुर्गम तारा आधारभूत विद्यालयमा अध्ययनरत थिए।